जन्मदिनको अवसरमा धनगढीका युवाद्वारा खाद्य सामाग्री सहयोग
धनगढी: धनगढीका युवा टेकराज जोशीले खाद्य सामाग्री सहयोग गरेका छन्। बैंकर जोशीले जन्मदिनको अवसरमा धनगढी उप–महानगरपालिका र दृष्टी फाउण्डेशनलाई खाद्य सामाग्री सहयोग गरेका हुन्।
धनगढी उप–महानगरपालिका वडा नम्बर १ निवासी जोशीले उप–महानगरपालिकालाई ६ कट्टा चामल, एक पेटी तेल र १० पोका नुन मेयर नृपबहादुर वडलाई हस्तान्तरण गरेका छन्। त्यस्तै उनले दृष्टी फाउण्डेशनलाई दुई कट्टा चामल, १६ पोका तेल, पाँच पोका नुन र १२ पोका स्वयाबिन सहयोग गरेका हुन्।
जोशी धनगढीस्थित बैकं अफ काठमाण्डौँमा कार्यरत छन्।