सुदूरपश्चिमको कोरोना रोकथाम कोषमा एनसीसी बैंकको ५ लाख सहयोग
धनगढी: नेपाल क्रेडिट एन्ड कमर्श(एनसीसी) बैंक सुदूरपश्चिमले कोरोना रोकथाम तथा नियन्त्रण कोषमा ५ लाख सहयोग गरेको छ। मंगलबार बैंककी क्षेत्रीय प्रबन्धक संगीता शर्मा चटौतले प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई ५ लाखको चेक हस्तान्तरण गरेकी छन्।
एनसीसी बैंकले संघीय सरकारलाई ६५ लाख र प्रत्येक प्रदेश सरकारलाई ५/५ लाख सहयोग गर्ने निर्णय गरेकामा सोही निर्णयअनुसार सुदूरपश्चिम प्रदेश सरकारलाई सहयोग गरिएको बैंकले जनाएको छ।