सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा मिलको पट्टामा फसेर एक किशोरी गम्भिर घाईते

फाईल फोटो
फाईल फोटो
२०७६ चैत्र २५, ०२:२४ खबर संवाददाता

धनगढी : कैलालीमा मिलको पट्टामा परेर एक जना गम्भिर घाईते भएका छन्। जिल्लाको जानकी गाउँपालिका वडा नम्वर ८ बस्ने बटकु कठरीयाकी १५ बर्षीय किशोरी निराशा कठरीया गम्भिर घाईते भएकी हुन्।

कालुराम कठरीयाको राईस मिलमा धान कुटाउन गएकी उनको धान कुटाउने क्रममा कपाल मिलको पट्टामा अल्झिएपछि गम्भिर घाईते भएकी हुन्। 

उपचारको लागि कोहलपुर मेडिकल कलेजमा लगिएकोमा थप उपचारका लागि काठमाडौँ रेफर गरिएको छ। घटनास्थलमा प्रहरी सहायक निरिक्षक सुरेन्द्र पालको कमाण्डमा तीन जनाको टोली खटिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बताए। 
 

कमेन्ट लोड गर्नुस