सीमामा अलपत्र परेकाहरुको व्यवस्थापन गर्न नेपाल तरुणदल बैतडीको माग
नेपाल तरुणदल बैतडीले सीमामा अलपत्र परेका नेपालीहरुको व्यवस्थापन गर्न माग गरेको छ।
शुक्रबार एक विज्ञप्ती जारी गर्दे नेपाल तरुणदल बैतडीले बैतडी, दार्चुला लगायत सुदूरपश्चिमका विभिन्न सिमानाकाहरुमा अलपत्र परेका नेपालीहरुको उद्धार गरि क्वारेन्टाइनमा राखेर स्वास्थ्य परिक्षण तथा खानपानको व्यवस्थापन गर्न माग गरेको हो।
सरकारले आफ्ना नागरिकप्रति देखाएको व्यवहारले शरणार्थी भन्दा पनि ठूलो पीडा भोग्नु परेको यस सम्बेदनसील घडीमा नेपाल तरुणदल बैतडीको ध्यानाकर्षण भएको छ, नेपाल तरुणदल बैतडीका उपाध्यक्ष एवम् प्रवक्ता महेश भट्टद्धारा जारी गरिएको विज्ञप्तीमा भनिएको छ।