सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाह्रवन साझेदारीद्वारा खाद्यान्नका लागि सहयोग

२०७६ चैत्र २१, ०६:२६ खबर संवाददाता

धनगढी: बाह्रवन साझेदारी वन व्यवस्थापन समितिले लक डाउनका कारण छाक टार्न समस्या भएकाहरुका लागि भन्दै धनगढी उप–महानगरपालिकालाई नगद सहयोग गरेको छ।

बाह्रवन साझेदारी वन व्यवस्थापन समिति वडा नम्बर ६ का संयोजक डण्डीराज सुवेदी, वडा नम्बर ३ का संयोजक रामज ऐर, गौरीलामाले धनगढी उप–महानगरपालिकाका प्रमुख  नृपबहादुर वडलाई रकम हस्तान्तरण गरेका हुन।

बाह्रवन साझेदारी वन व्यवस्थापन समिति वडा नम्बर ६ का संयोजक डण्डीराज सुवेदीका अनुसार समितिले गोदावरी र गौरीगंगा नगरपालिकालाई खाद्यान्नका लागि १ लाख ५० हजारका दरले रकम हस्तान्तरण गरेको र चुरे गाउँपालिकाका वडा नम्बर ४ मा ५० हजार हस्तान्तरण गरिएको बताए।
 

कमेन्ट लोड गर्नुस