धनगढीमा खाद्य पसल तीन घण्टा मात्रै सञ्चालन हुने
धनगढी: धनगढीमा खाद्य पसल तीन घण्टा मात्रै सञ्चालन गर्न दिईने भएको छ। धनगढीमा बसेको सरोकारवालाहरुको बैठकले लकडाउन अवधिमा बिहान तीन घण्टाका लागि मात्रै खाद्य पसल सञ्चालन गर्न दिने निर्णय भएको हो।
भोलीदेखि लागु हुने गरी खाद्यान्न, तरकारी र दुग्धजन्य व्यवसायका पसल बिहान ६ बजे देखि ९ बजे सम्म मात्रै संचालन गर्न दिने र ग्राहकहरुसंग सामाजिक दुरी ३ फिट कायम गर्न अनुरोध गर्ने निर्णय भएको कैलाली उद्योग वाणिज्य संघले जनाएको छ। दैनिक उपभोग्य सामाग्रीहरुको होमडेलीभरी गर्न चाहने ब्यावसायीहरुलाई भने स्थानीय सरकारले अनुमती दिएको छ।
संघले बैठकपछि विज्ञप्ती जारी गर्दै यस्तो आग्रह गरेको छ। यस्तै आज बसेको बैठकले मोटरसाईकल सञ्चालनमा पूर्ण रुपमा रोक लगाउने समेत निर्णय भएको धनगढी उप–महानगरपालिकाले जनाएको छ।