कैलालीमा लकडाउन उल्लंघन गर्ने सात जना सहित १२० सवारी नियन्त्रणमा
२०७६ चैत्र २०, ०९:४३
धनगढीः सरकारले जारी गरेको लकडाउन उल्लंघन गरी चलाइएका १२० वटा सवारीसाधन सहित सात जना नियन्त्रणमा लिइएको छ।
लकडाउन उल्लंघन गरी चलाइएका मोटरसाइकल र स्कुटर सहित सात जनालाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले बताए।
दिउँसोभरी घरमा बसेर साझ धेरैले लकडाउन उल्लंघन गर्ने गरेको पाइएपछि पछिल्लो समय प्रहरीले निगरानीलाई थप कडा बनाएको छ।
कमेन्ट लोड गर्नुस