बैतडीमा भीरबाट लडेर एक महिलाको मृत्यु
२०७६ चैत्र २०, ०७:०६
बैतडीमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको पाटन नगरपालिका वडा नम्बर ९ सल्लेबासाकी ४० वर्षीया निर्मला महराको मृत्यु भएको प्रहरीले जनाएको छ।
घरबाट पाइपलाइन खन्ने काममा जाँदै गर्दा बिहीबार दिउसो १२ बजे गोइलासैन भन्ने भिरबाट लडेर गम्भीर घाइते भएकी महराको उपचारको क्रममा डडेल्धुरा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।
कमेन्ट लोड गर्नुस