सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोभिड– १९ः डडेल्धुराको आइडिइएसद्वारा तीन स्थानीय तहलाई सहयोग

२०७६ चैत्र २०, ०६:०६ खबर संवाददाता

डडेल्धुरा: एकिकृत विकास समाज(आइडिइएस) डडेल्धुराले जिल्लाका तीन वटा स्थानीय तहलाई सहयोग गरेको छ। आइडिइएसले परशुराम नगरपालिका, गन्यापधुरा गाउँपालिका र आलिताल गाउँपालिकालाई विभिन्न सामग्री सहयोग गरेको हो। 

गन्यापधुरा गाउँपालिकालाई क्वारेन्टाइनको लागि सरसफाई सामग्री सहयोग गरिएको संस्थाका कार्यक्रम संयोजक गणेश थापा मगरले बताए। उक्त सामग्री आइडिइएसकी कार्यकारी निर्देशक पद्मा गुरुङले हस्तान्तरण गरेकी थिइन।

त्यस्तै संस्थाका सचिव राम धामीले परशुराम नगरपालिका र आलिलात गाउँपालिकालाई बेड र विभिन्न सरसफाई सामग्री हस्तान्तरण गरेका छन्। 

कमेन्ट लोड गर्नुस