सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको दृष्टि फाउण्डेसनलाई सहयोग

२०७६ चैत्र २०, ०३:३४ खबर संवाददाता

धनगढीको दृष्टि फाउण्डेसनमा आश्रीतहरुलाई  महेन्द्रनगरका  व्यवसायी हरिकृष्ण शाहले खाद्यान्न लगायतका समाग्री सहयोग गरेका छन्। शाहले आश्रीत असहायहरुका लागिआवश्यक खाद्यान्न सामाग्री तथा साबुन सरफ तरकारी, फलफुल सहयोग गरेका हुन्।  

लकडाउनका समयमा आवश्यक खाद्य सामग्री अभाव झेलिरहेका वेला शाहले आवश्यक खाद्यान्न सामाग्री उपलब्ध गराएका हुन्।

बिहीबार दिउसो दृष्टि फाउण्डेशनमा पुगेर व्यापारी उनले एक क्वीन्टल चामल, ५० केजी चिनी, ५० केजी चिउरा, १२ लिटर तेल, ३० केजी दाल, सरफ, २ पेटी कपडा धुने साबुन र एक पेटी नुहाउने साबुनलगायत फलफुल वितरण गरेका हुन्।

विपत्तका बेला असहायहरुलाई सहयोग गर्न पाउँदा खुसी लागेको उनले बताए।  

कमेन्ट लोड गर्नुस