गोदावरी चेम्बर अफ कमर्सद्वारा विपत कोषमा खाद्यान्न सहयोग
कैलाली: कैलालीको गोदावरी नगरपालिकाले स्थापना गरेको विपत व्यवस्थापन कोषमा गोदावरी चेम्बर अफ कमर्सले खाद्यान्न सहयोग गरेको छ। कोषमा ८ क्विन्टन चामल खरिद गरी नगरपालिकालाई हस्तान्तरण गरेको गोदावरी चेम्बर अफ कमर्सका अध्यक्ष विनोद मल्लले बताए।
गोदावरी चेम्बर अफकमर्सका कार्यसमिति सदस्यबाट रकम संकलन गरेर सोही रकमबाट खाद्यान्य खरिद गरिएको उनले बताए।
गोदावरी नगरपालिकाले १ करोडको राहत कोष स्थापना गरी नगद तथा जिन्सी सहयोगका लागि नगरवासीमा अनुरोध गरेको छ।