माछापुछ्रे बैंक धनगढीद्धारा मजदुरका लागि खाद्यान्न सहयोग
धनगढी : माछापुछ्रे बैंकले लकडाउनका कारण छाक टार्न समस्यामा परेका मजदुरका लागि भन्दै बुधवार धनगढी उप–महानगरपालिकालाई खाद्यान्न समाग्री उपलब्ध गराएको छ।
धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वड, उप–प्रमुख सुशीला मिश्र भट्टलाई माछापुछ्रे बैंकका प्रदेश प्रमुख हरी ऐर र शाखा प्रवन्धक मानबहादुर सावदले खाद्यान्न सामाग्री हस्तान्तरण गरेका हुन। बैंकका प्रदेश प्रमुख ऐरका अनुसार चामल १५ क्वीन्टल, दाल १ क्वीन्टल, तेल १० पेटी, सोयाविन २ पेटी, आलु तीन कट्टा, प्याज १ कट्टा नगरस्तरीय बिपद ब्यबस्थापन समितिलाई बुझाईएको छ।
प्रदेश प्रमुख ऐरले एक लाख बराबरको खाद्यान्न उपलब्ध गरेको बताए। नगरप्रमुख नृपबहादुर वडले प्राप्त भएको खाद्यान्नलाई छाकटार्न समस्या भईरहेका मजदुरलाई वितरण गरिने बताए।