सुदूर नेपाललाई विश्वसँग जोड्दै

महाकाली तरेर नेपाल प्रवेश गर्ने दुई जनालाई आर्थिक सहयोग

२०७६ चैत्र १९, ०६:२८ खबर संवाददाता

धनगढी: दार्चुला सदरमुकामको सीमा नजिक रहेको धार्चुलामा रोकिएपछि महाकाली तरेर नेपाल प्रवेश गर्ने पुरुषलाई आर्थिक सहयोग गरिएको छ। देश लकडाउन भएका बेला दार्चुलापारी अलपत्र परेपछि महाकाली तरेर नेपाल प्रवेश गर्ने बैतडीका इन्द्रराज खत्री र दार्चुलाका रमेश विष्टलाई आर्थीक सहयोग गरिएको हो। 

उनी दुवैलाई बैतडीका स्थानीय तथा नेपाल स्टाफ कलेजका अधिकृत शैलेन्द्र भट्टले नगद १० हजार सहयोग गरेका छन्।

उक्त रकम पश्चिम सेती निर्माणका लागि सरकारलाई दबाव दिन संञ्चालन गरिएको बोलन्या थलीले हस्तान्तरण गरेको बोलन्या थलीका संयोजक यादव जोशीले बताए। 

कमेन्ट लोड गर्नुस