अधिकारीलाई नवजिवन अस्पतालले भर्ना गर्यो
२०७६ चैत्र १७, ०१:१७
धनगढी: बझाङबाट उपचार गराउन धनगढी आएका पिताले अधिकारीलाई नवजिवन अस्पतालले भर्ना गरेको छ।
बिथ्थडचिर गाउँपालिका वडा नम्वर ८ का ६५ वर्षीय अधिकारीको आईतबार बाख्रा चराउने क्रममा लडेर खुट्टा भाँचिएको थियो।
जीपमा सोमबार धनगढी पुगेका उनीलाई धनगढीका कुनै निजी अस्पतालले भर्ना गर्न मानेका थिएनन्।
कमेन्ट लोड गर्नुस