सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा खाद्यान्न घरघर पुगाउन प्रशासनको आग्रह

२०७६ चैत्र १७, ०९:३६

लकडाउनपछि खाद्यान्न अभाव हुन थालेको गुनासो आएकाले जिल्ला प्रशासन कार्यालय डोटीले व्यापारीलाई बिहानबेलुका खाद्यान्नका पसल खोल्न अनुरोध गरेको छ। प्रशासनले एक सार्वजनिक सूचना प्रकाशन गरी दैनिक उपभोग्यका सामग्री समयमै आपूर्ति गर्न र आवश्यकतानुसार पिकअप जीप, भ्यान जस्ता साना सवारी साधनमार्फत होम डेलिभरीको व्यवस्था गर्नसमेत अनुरोध गरेको छ। प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलद्वारा हस्ताक्षरित सूचनामा सामान खरीदबिक्री गर्दा सामाजिक दूरी कायम गर्नुपर्ने उल्लेख गरिएको छ। 

पोशाक भत्ता  कोषमा 
जोरायल गाउँपालिका वडा नम्बर ५ गड्सेरावासी तथा शिक्षक तीर्थराज भण्डारीले आफूले पाउँदै गरेकोको सरकारी शिक्षक पोशाक भत्तावापतको दश हजार  नेपाल सरकारले स्थापना गरेको कोरोना नियन्त्रण राहत कोषमा जम्मा गर्ने घोषणा गरेका छन्। शिक्षक भण्डारी हाल भक्तपुर जिल्लास्थित गणेश माध्यमिक विद्यालय सूर्यविनायक नगरपालिका सिपाडोलमा अध्यापन गराउँदै आएका छन्।–रासस
 

कमेन्ट लोड गर्नुस