धनगढीमा ‘लडकडाउन’को उल्लंघन
धनगढीः सरकारले एक साताका लागि ‘लकडाउन’ गर्दै अत्यावश्क बाहेक अन्य कामका लागि आवागमनमा रोक लगाए पनि धनगढीमा त्यसको भने पूर्ण पालना भएको छैन्। स्थानीयले आफ्नै व्यक्तिगत कारण देखाउदै लकडाउनको उल्लंघन गरिरहेका छन्।
कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणको प्रयासलाई अधिकासं सर्वसाधारणले साथ दिए पनि कतिपयले भने वेवास्ता गरिदिएका हुन्। बुधवार दिउसो पनि सामान्य कामका लागि पनि समूहनै बनाएर बजारमा घुमीरहेका देखीन्थे। धनगढी चौराहमा मिना चौधरी लगायतका चार जना समूह नै बनाएर तरकारी किन्न बाहिरीएका थिए।
चौधरीले कोठामा तरकारी अभाव भएको भन्दै बजार आएका बताईन्। उनले कोरोनाको संक्रमण बाट जोगिन थप सूरक्षाका कार्यहरु भने जारी राखेको बताईन्। बजारमा भेटिएका बलिराम चौधरीले पनि तरकारी खरीदका लागि दिउँसो बजार आएको बताए। तर सरकारले जारी गरेको ‘लकडाउन’ को भने पालना गरेको उनको दावी थियो।
सरकारले घरमै समेत सामुहिक कार्यक्रम नगर्न आग्रह गरेपनि धनगढीका स्थानिय भने जन्म दिनका लागि समेत सामाग्री खरीद गर्न बजार पुगेको देखिन्थे। धनगढीका खुसीराम चौधरीले जन्मदिनका लागी सामान किन्न बजार आएको बताए।
लकडाउन पछि यातायात ठप्प हुँदा गन्तव्यमा जान नपाएका यात्रुहरु पैदल यात्रा गरेर बाहिर निस्केको बताउँछन्। पाँच दिन पहिले अत्तरीया गएको तर ‘लकडाउन’ जारी हँुदा घर फर्किन समस्या भएर पैदल धनगढी पुगेको सुरेस भुलले बताए। जिल्ला प्रशासन कार्यालय कैैलालीले पनि लकडाउनको पूर्ण पालना नभएको स्विकार गरेको छ।
तर दैनिक उपभोग्य सामाग्रीका लागी समूह नै बनाएर बाहिर निस्के कारवाहीको दायरामा ल्याईने कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले बताए। उनले लकडाउन नागरीकको सुरक्षाका लागि नै जारी गरीएकाले त्यसको स्वंयम स्थानीयले पालना गर्नुपर्ने बताए।