सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको लम्कीचुहाका विभिन्न वडामा ५ सय ८० बढी शैयाको क्वारेन्टाईनको व्यवस्था

२०७६ चैत्र १२, ०८:४४ खबर संवाददाता

कोरोना भाईरस (कोभिड १९) को जोखिमलाई ध्यानमा राखी कैलालीको लम्कीचुहा नगरपालिका अन्तर्गतका विभिन्न स्थानमा क्वारेन्टाइन राखिएको छ। कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि नगरपालिका भित्रका विभिन्न स्थानमा ५ सय ८० बढी बेडको क्वारेन्टाईनको व्यवस्था गरीएको हो।

मंगलबार र बुधबार गरि नगरपालिका अन्तर्गतका विभिन्न क्वारेन्टाईन निर्माण गरीएको वडा नम्बर ६ का वडाअध्यक्ष नेत्र सुनाखरीले जानकारी दिए। जनहित आधारभूत विद्यालय लोहरपुरमा ५० शैयाको क्वारेन्टाइन निर्माण गरिएको छ। त्यस्तै वडा नम्बर ६ मा रहेको मालिका पोलिक्लिनमा १२ शैयाको क्वारेन्टाइन सञ्चालन भएको छ।

कोरोना भाइरस संक्रमणबाट आफू बच्न र अरुलाई पनि बचाउन भन्दै क्वारेन्टाइनको व्यवस्था मिलाइएको स्थानीय सामाजिक अभियन्ता उदय भाटले जानकारी दिए। कोरोना संक्रमणको विषम परिस्थितिमा बिकासप्रेमी वडाअध्यक्ष नेत्र मगरले प्रशंसनीय काम गरेको भन्दै स्थानीयले खुसी व्यक्त गरेका छन्।

नगरपालिकाकै वडा नम्बर १ मा रहेकोे लम्की बहुमुखी क्याम्पसमा १ सय शैयाको क्वारेन्टाइन राखिएको स्ववियु सभापति ललित जैशीले जानकारी दिए।वडाअध्यक्ष जनकबहादुर बमको पहलमा ९ सदस्यीय कमिटी गठन गरि क्वारेन्टाइनको व्यवस्थापन गरिएको बताइएको छ। वडा नम्बर ५ मा रहेकोे जनप्रभात मावि तिलकपुरमा क्वारेन्टाइन निर्माण गरि भारतबाट नेपाल आएका १८ जनालाई राखिएको छ।

वडा नम्बर २  को राष्ट्रिय माध्यामिक विद्यालयमा १ सय, वडा नम्बर(३ को नेपाल राष्ट्रिय कर्णाली माध्यमिक विद्यालय चिसापानीमा ५० शैया, वडा नम्बर ८ को सर्वोदय माविमा १ सय, र वडा नम्बर  ९ को सरस्वती मावि प्रतापपुरमा १ सय शैया, वडा नम्बर(१० को नवजागृती माविमा ५० शैयाको क्वारेन्टाइन सञ्चालन गरिएको छ।
 

कमेन्ट लोड गर्नुस