सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा ‘लकडाउन’ उल्लंघन गर्ने ११५ सवारी नियन्त्रणमा

२०७६ चैत्र १२, ०६:५१ खबर संवाददाता

धनगढी : धनगढी कैलालीमा ‘लकडाउन’ उल्लंघन गर्दा १५५ सवारी नियन्त्रणमा लिइएको छ। जिल्ला प्रहरी कार्यालय कैलाली र मातहतका निकायले ट्रक, अटो र मोटरसाईकलगरी ९२ वटा सवारी साधन नियन्त्रणमा लिएको हो।

जसमध्ये अस्थाई प्रहरी पोष्ट चटकपुरबाट मात्रै ३२ मोटरसाइकल, एउटा कार र एउटा अटोगरी ३४ सवारी साधन नियन्त्रणमा लिइएको छ। 

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले सवारी साधन नियन्त्रणमा लिएपनि चालक र सवारहरुलाई भने सम्झाईबुझाई छोडिएको बताए।

हिजो पनि लकडाउन उल्लंघन गर्ने डेढ सय बढि सवारी साधन नियन्त्रणमा लिइएको थियो।

कमेन्ट लोड गर्नुस