डोटीका ३२ जनालाई राखियो सेती सभाहलको क्वारेन्टाईनमा
धनगढी : डोटीका ३२ जनालाई सेती सभाहलको क्वारेन्टाईनमा राखिएको छ। दीपायल सिलगढी नगरपालिकाका २१ र केआईसिंह गाउँपालिकाका ११ गरी ३२ जनालाई सेती सभाहलको क्वारेन्टाईनमा राखिएको हो।
केआईसिंह गाउँपालिकाका अध्यक्ष लोकेन्द्र शाहीले क्वारेन्टाईनमा बस्न धेरैले अटेरी गरेपनि सम्झाई बुझाई बसाईएको बताए। तर सेती सभाहल पनि धेरै सुरक्षित नहुँदा उनीहरुलाई धेरै दिन सम्म राख्न सकिने अवस्था नरहेको समेत शाहीले दिनेश खवरलाई जानकारी दिए।