सुदूर नेपाललाई विश्वसँग जोड्दै

मानसरोवर जानका लागि तल्कोट–हिल्चा हेलिकप्टर सञ्चालनको तयारी (कुराकानी सहित)

असार २२ र २३ गते परीक्षण उडान हुदैं

२०७५ असार १५, ०६:५१

मानसरोवर जानका लागि बझाङको तल्कोट हुँदै हुम्लाको हिल्चासम्म हेलिकप्टर सेवा सञ्चालनको तयारी गरिएको छ । मान सरोवार जाने सवैभन्दा छोटो दुरी हुन भएकाले हेलिकप्टर सेवा सञ्चालनको तयारी थालिएको हो । कैलाश सेती टुर एण्ड ट्रार्भल्स सञ्चालन गरिरहेका वझाङको तल्कोटका स्थानीय वासिन्दा नारायणवहादुर सिंह र उनका छोरा किशोर सिंहले हेलिकप्टर सेवा सञ्चालनको तयारी गरेका हुन् । असार २२ र २३ गते परीक्षण उडानको तयारी भएको छ । अल्टिच्युट एयरलाईन्सको हेलिकप्टर मार्फत परिक्षण उडान हुन लागेको हो । धार्मिक तिर्थयात्रीको आस्थाको केन्द्रका रुपमा रहेको मानसरोवर जानका लागि बझाङाब १८ मिनेटको हवाई यात्राको दुरीमा हिच्चमा पुग्न सकिनेछ ।

वझाङको तलकोटसम्म गाडी यात्रा गर्दै त्यहाँवाट हेलिकप्टर यात्रा गरेर मानसरोवर जान सकिने हवाई यात्रा सञ्चालनको तयारी भईरहेको संहले जानकारी दिए । हवाई यात्रा नियमित सञ्चालन भएमा धार्मिक पर्यटनको माध्यमले प्रदेश ७ को पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास लिईएको छ । यसै विषयमा कैलाश सेती टुर एण्ड ट्रार्भल्सका सञ्चालक किशोर सिंहसँग कुराकानी गरेका छौं । उनसँग गरिएको कुराकानीको अडियो सुन्नुहोस् । 
कमेन्ट लोड गर्नुस