सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको गौरीफन्टा नाकाबाट १४ सय भित्रिए

२०७६ चैत्र १०, ०८:४४ खबर संवाददाता

कैलालीको गौरीफन्टा नाकाबाट बिहान ५ बजेदेखि अहिले सम्म एक हजार चार सय जना भित्रिएका छन्। सीमा नाकामा सञ्चालनमा रहेको हेल्थ डेस्कले अहिले सम्म एक हजार चार सय भित्रिएको जनाएको छ। उनीहरु सबैको स्वास्थ्य परिक्षण गरी पठाईएको छ।

सरकारले आज बिहान १० बजेपछि सीमानाका बन्द गर्ने निर्णय गरेपछि सीमावर्ती बजार पुगेकाहरु बिहानैदेखि फर्किरहेका हुन्। सरकारले भारत र चीनसँग जोडिएका सबै सीमा नाका एक हप्ताका लागि बन्द गर्ने निर्णय गरेको छ। 
 

कमेन्ट लोड गर्नुस