दार्चुलामा भीरबाट लडेर एक महिलाको मृत्यु
दार्चुला: दार्चुलामा भीरबाट लडेर सोमबार एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा महाकाली नगरपालिका वडा नम्बर २ डोबाल गाउँकी २५ वर्षीया बेलमती डोबाल रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।
आइतबार बेलुकी ८ बजे घरबाट हिडेकी डोबालको सोमबार बिहान ११ बजेतिर शव फेला परेको प्रहरीले जनाएको छ। घर भन्दा झण्डै डेढ किलोमिटर पर पत्तागाडा भीरबाट लडेर मृत्यु भएको अवस्थामा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरिक्षक सुरेन्द्रप्रसाद जोशीले जानकारी दिए।
’मृत्युको कारण खुल्न सकेको छैन्’ प्रहरी निरिक्षक जोशीले भने ‘माइती पक्ष नपुगेको कारण घट्नास्थलबाट मृतकको शव उठाउन सकिएको छैन।’ अहिले घटनास्थलमा प्रहरी खटिएको छ। मृतक डोबालका १ छोरा र १ छोरी छन्।