सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरामा असिनापानीले अन्नबाली नष्ट

२०७६ चैत्र २, ०१:४४ प्रकाश सिंह

बाजुरा: असिनापानीले बाजुराको तल्लो भेगका तिन स्थानीय तहका अधिकांश गाउँमा लगाएको अन्नबाली चुटेर नष्ट पारेको छ। शनिबार साझ करिब एक घण्टाको समयसम्म परेको असिनापानीले पाक्न लागेको गहुँ, पाकिसकेको जौ र तरकारीलाई चुटेर नष्ट पारेको हो।

असिनाले बुढीगंगा नगरपालिका, त्रिवेणी नगरपालिका र खप्तड छेडेदह गाउँपालिकासहित अछाम जिल्लामा समेत अन्नबालीमा क्षति पुर्याएको छ। पानी र ठूला दानासहित परेको असिनाले तरकारी र जौ बालीमा लाखौको क्षति पुर्याएको बुढिगंगा– ९ का स्थानीय शिक्षक डम्बरबहादुर सिँहले बताए।  

गहुँबाली उत्पादनका लागि भण्डारको रुपमा चिनिने बुढीगंगा र त्रिवेणी नगरपालिकामा पाक्न थालेका गहुँबालीमा असिनाले क्षति पुर्याएपछि किसान चिन्तित बनेका छन्। असिनाले बिउ उत्पादनका लागि लगाइएको गहुँमा समेत क्षति पुगेको स्थानीयले बताए। 

 

प्रकास सिह दिनेश खवरका बाजुरा संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस