सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा साझा युवा संगठनको सार्वजनिक नेतृत्व सम्बन्धी कार्यक्रम सम्पन्न

२०७६ चैत्र १, ०७:४५ खबर संवाददाता

धनगढी: धनगढीमा साझा युवा संगठनले सार्वजनिक नेतृत्वको साझा विद्यालय अन्तरगतको पहिलो अंक सम्पन्न सम्पन्न भएको छ। शनिबार प्रदेश कार्यालय धनगढीमा नयाँ पिढीलाई सार्वजनिक नेतृत्वको लागि तयार गर्ने उद्देश्यले उक्त कार्यक्रम सम्पन्न भएको हो। 

अब कार्यक्रम पाक्षिक रूपमा नियमित सञ्चालन हुने बताइएको छ। कार्यक्रमको पहिलो अंकमा सुदूरपश्चिमकी पहिलो महिला होटल सञ्चालिका तथा आमाको माया छात्रावासकी उपाध्यक्ष शारदा शाह वक्ता रहेकी थिइन। 

कार्यक्रममा बोल्दै उनले महिलापुरुष पहिलेदेखि समान रहेको तर समयक्रममा विभिन्न कारणले महिलालाई फरक दृष्टिले हेर्न थालिएको बताइन। आफ्नो उदाहरण दिँदै शाहले भनीन ‘मैले होटल सञ्चालन गर्दाको समाज र अहिलेको समाजमा चेतना र शिक्षाको हिसाबले धेरै फरक भइसकेको छ।  अबका महिलाहरुलाई उद्यमशिलता गर्न पहिलकोभन्दा सहज छ।’

कमेन्ट लोड गर्नुस