बोलन्या थलीलाई अमेरिकाबाट सहयोग
लामो सयमदेखि अनियर्णको बन्दी बनेको पश्चिम सेती परियोजना निर्माणका लागि दबाब मुलक कार्यक्रम सञ्चालन गरिरहेको बोलन्या थली धनगढीलाई अमेरिकाबाट सहयोग मिलेको छ।
पश्चिम सेती निर्माणका लागि एक लाख पत्र अभियान संञ्चालन गरिरहेको बोलन्या थलीलाई गैर आवासिय नेपालीहरुले सहयोग गरेका हुन्। फेयर फेक्स भर्जिनिया बस्ने सत्यन्द्र कुमार राय र महेन्द्रनगर घर भई न्युयोर्क बस्ने मंगल रेग्मीबाट १५/१५ हजार पत्र छपाई खर्च सहयोग मिलेको बोलन्या थलीका संयोजक यादव जोशीले बताए। डडेल्धुरा घर भइ हाल मिसिसिपी अमेरिका बस्ने भुवन जोशीले एक थान डेस्कटप कम्प्युटर सहयोग गरेको उनले बताए।
यस्तै डोटीमा ७ सय ५० डोका सहित प्रदर्शन र ७ सय ५० नागरिक ७ सय ५० मिनेट अनशन बस्ने कार्यक्रम रहेको जोशीले बताए। यसअघि बोलन्या थलीले पश्चिम सेतीका लागि माईतीघर मण्डलामा कचौरा जुलुस, सुदूरपश्चिमबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने १३ जना सांसदसँग छलफल र पुर्व प्रधानमन्त्री शेरबहादुर देउवालाई अनुरोध पत्र बुझईसकेको छ।
उक्त अभियानमा सुदूरपश्चिमका कलाकारहरु ऐक्यवद्धता सहित संगित संघर्ष कार्यक्रमको समेत आयोजना गरिएको थियो।