सुदूर नेपाललाई विश्वसँग जोड्दै

बोलन्या थलीलाई धनगढीका व्यवसायी पनेरुद्वारा सहयोग

२०७६ फाल्गुन ३०, ०९:४८

बोलन्या थलीलाई धनगढीमा रहेको उग्रतारा टेक्निकल गुड्स सप्लायर्सका संञ्चालक टेक राज पनेरुले २० हजार रकम बराबरको साउण्ड सामाग्री सहयोग गरेका छन्। पश्चिम सेती निर्माणका लागि दबाब दिन प्रधानमन्त्रीलाई एक लाख पत्र संकलन अभियानलाई सहयोग गर्न उग्रतारा टेक्निकल गुड्स सप्लायर्सका संञ्चालक पनेरुले २० हजार बराबरको साउण्ड सामाग्री सहयोग गरेका हुन्।

प्रधानमन्त्रीलाई बुझाउनको लागि एक लाख पत्र संकलन गर्ने अभियानका लागि धनगढीका ब्यवसायी पनेरुले साउण्ड सामाग्री सहयोग गरेको बोलन्या थलीका संयोजक यादव जोशीले बताए। ‘अभियानलाई सफल पार्नको लागि भौतिक सहयोग मात्र मागिरहेका छौँ’ उनले भने, ‘अहिलेलाई आर्थीक सहयोग माग्ने योजना छैन्।’ सुदूरपश्चिम प्रदेशमा ८८ वटै स्थानिय तहबाट पत्र संकलन गर्ने काम भईरहेको संयोजक जोशीले बताए।

यस्तै  डोटीमा ७ सय ५० डोकासहित प्रदर्शन र ७ सय ५० नागरिक ७ सय ५० मिनेट अनशन बस्ने कार्यक्रम रहेको जोशीले बताए। यसअघि बोलन्या थलीले पश्चिम सेतीका लागि माइतीघर मण्डलामा कचौरा जुलुस, सुदूरपश्चिमबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने १३ जना सांसदसँग छलफल र संगीत संघर्ष कार्यक्रम गरिसकेको छ।

कमेन्ट लोड गर्नुस