सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा अटो चालकमाथि ढुङ्गा प्रहार गर्ने ४ युवक पक्राउ

२०७६ फाल्गुन ३०, ०९:०८ खबर संवाददाता

धनगढीमा अटो चालकमाथि ढुङ्गा प्रहार गर्ने चार युवक पक्राउ परेका छन्। बीहिबार राती १० बजेको समयमा धनगढी उपमहानगरपालिकाको जुगेडामा अटो रोकेर ५३ वर्षीय चालक प्रेमराज उपाध्यायमाथि ढुङ्गा प्रहार गर्ने चार युवकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले दिनेश खबरलाई उपाध्यायमाथि ढुङ्गा प्रहार गर्ने जुगेडाकै १८ रबिन्द्र शाही, १९ वर्षीय बहादुर थापा, २० वर्षीय  प्रेम बोहरा र १६ वर्षीय जयन्द्र शाहीलाई पक्राउ गरिएको जानकारी दिए।

उनका अनुसार उनीहरुले बीहिबार राती अटो रोकेर चालकमाथि ढुङ्गा प्रहार गरेका थिए। ढुङ्गा प्रहारबाट घाईते भएका उपाध्यायको टाउकोमा समान्य चोट लागेको थियो। उनी सेती प्रादेशिक अस्पतालमा उपचार पछि घर फर्किसकेका छन्। 
 

कमेन्ट लोड गर्नुस