सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीकी सजनले जन्माईन् तिम्ल्याह सन्तान

२०७६ फाल्गुन २९, ०६:४७ खबर संवाददाता

धनगढी : धनगढीको निसर्ग अस्पतालमा तिम्ल्याह शिशुको जन्म भएको छ। धनगढी उप–महानगरपालिका वडा नम्वर ७ की २५ बर्षीय सजनदेवी डगौराले २ छोरा र एक छोरीलाई जन्म दिएकी हुन्। तीनै शिशु र आमाको स्वास्थ्य ठीक रहेको अस्पतालले जनाएको छ।

अस्पतालका अनुसार एक छोराको तौल २६ सय ग्राम, अर्को छोराको २३ सय ग्राम र छोरीको २१ सय ग्राम रहेको छ। डगौराको यो दोस्रो गर्भ थियो। पहिलो सन्तानको मृत्यु भईसकेको छ। 

कमेन्ट लोड गर्नुस