सुदूर नेपाललाई विश्वसँग जोड्दै

घट्यो सुनको मूल्य

२०७६ फाल्गुन २९, ०१:१२ खबर संवाददाता

बिहीबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार ८२ हजार तीन सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य बिहीबार तोलामा आठ सय रुपैयाँले घटेर ८१ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ।

तेजाबी सुनको मूल्य तोलामा पनि आठ सय रुपैयाँले घटेर ८१ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार तेजाबी सुनको मूल्य तोलामा ८२ हजार रुपैयाँ थियो।

यस्तै चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेर आठ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार चाँदीको मूल्य आठ सय ८० रुपैयाँ थियो।
 

कमेन्ट लोड गर्नुस