यस्तो छ आज सुनचाँदीको मूल्य
२०७६ फाल्गुन २५, ०६:१६
नेपाली बजारमा आइतबार सुन र चाँदीको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन तोलाको ८२ हजार ५०० रुपैयाँमा कारोबार भएको छ।
यस्तै तेजावी सुन तोलामा ८२ हजार २०० रुपैयाँमा कारोबार भएको छ। यस्तै चाँदी तोलामा ८९० रुपैयाँमा कारोबार भएको पनि महासंघले जनाएको छ। यसअघि शुक्रबार पनि सुन र चाँदीको यही मूल्यमा कारोबार भएको थियो।
कमेन्ट लोड गर्नुस