सुदूर नेपाललाई विश्वसँग जोड्दै

संघीय र स्थानीय सरकारका फरक आदेश, विद्यालय र परिक्षा सञ्चालन बारे अन्योलता

२०७६ फाल्गुन २३, ०७:०२ खबर संवाददाता

धनगढी : धनगढी उप–महानगरपालिकाले शुक्रवार मात्रै विज्ञप्ती र सूचना जारी गर्दै सामुदायीक तथा संस्थागत विद्यालयहरुलाई २५ गतेदेखि बन्द गर्न निर्देशन दियो। उप ण्महानगरपालिकाका अनुसार विश्वका अधिकांस देशमा कोरोना भाइरस फैलिदै गएको र त्यस्को संक्रमणबाट जोगिनका लागि आज नै बसेको सरोकारवालाहरुको बैठकले विद्यालय बन्द गर्ने निर्णय गरेको थियो।

सोही निर्णयलाई टेकेर २५ गतेदेखि अर्को सूचना जारी नभए सम्मका लागि विद्यालय बन्द गर्ने र परिक्षा पनि सार्ने निर्देशन दिएको उप–महानगरपालिकाले जनाउँदै आएको छ। शिक्षा मन्त्रालयले चैत ५ गते भित्र कक्षा ९ सम्मको परीक्षा सम्पन्न गरिसक्न यसअघि नै निर्देशन दिएपनि हतारमा गर्नुभन्दा ढिलो गरि परीक्षा गर्ने सहमती भएको उप–महानगरपालिकाले जनाएको थियो। 

तर आज फेरी संघीय सरकारको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विज्ञप्ती जारी गर्दै ९ कक्षा सम्मका सम्पूर्ण परिक्षा चैत ५ गते सम्म सम्पन्न गर्न निर्देशन दिएको छ। मन्त्रालयद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘कक्षा ९ सम्मका परिक्षा चैत ५ गते सम्म सम्पन्न गरिसक्न यसअघि नै आह्वान भईसकेको छ।

६ गतेदेखि हुने भनिएको एसईईको यथावत रुपमा नै सञ्चालन हुनेटछ। परिक्षा सारेको वा विद्यालय बन्द गरिएको भन्ने जस्ता गलत सुचनाको भ्रममा नपर्न शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय हार्दिक अनुरोध गर्दछ।’ संघीय र स्थानीय सरकारको फरक–फरक आदेश आएपछि विद्यालयहरु भने अन्योलमा परेका छन्। 

 

कमेन्ट लोड गर्नुस