सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा ७६ क्युफिट काठ सहित चारजना पक्राउ

२०७६ फाल्गुन २३, ०४:५८ खबर संवाददाता

कैलालीमा सालको अवैध काठ सहित चार जना पक्राउ परेका छन्। जिल्लाको घोडाघोडी नगरपालिका वडा नम्बर ११ सरैयाको बसन्त टोलबाट गोठमा लुकाएर राखेको अवस्थामा ७६ दशमलव ०५ क्युफिट बराबरका सालका १२ गोलिया अवैध काठ सहित चारजना पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा गंगाराम बुढा, यज्ञराज बुढा, प्रकाश बुढा र लक्ष्मण उपाध्याय रहेको डिभिजन वन कार्यालय पहलमानपुरका प्रमुख वन अधिकृत कृष्ण भट्टले जानकारी दिए। उनका अनुसार लक्ष्मणको गोठमा लुकाएको अवस्थामा काठ बरामद गरिएको हो।

पक्राउ परेका चारैजनालाई डिभिजन वन कार्यालय धनगढीको नियन्त्रणमा राखिएका छन्। 

कमेन्ट लोड गर्नुस