सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलारी गाउँपालिका ७ को वडा कार्यालयद्धारा ज्येष्ठ नागरिकलाई मोबाइल

२०७६ फाल्गुन २३, १२:४९ खबर संवाददाता

कैलालीको कैलारी गाउँपालिका–७ कार्यालयले वडाका सबै ज्येष्ठ नागरिकलाई शुक्रवार मोबाइल र नेपाल टेलिकमको सीमकार्ड वितरण गरेको छ। लक्षित समुदायलाई सम्मान कार्यक्रमअन्तर्गत कार्यालयले वडाभरिकै ज्येष्ठ नागरिकलाई मोबाइल वितरण गरेको हो।

कार्यालयले वडाका सबै एकल महिला र अपाङ्गता भएका व्यक्तिलाई पनि मोबाइल दिएको छ। गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरी र नेपाल टेलिकम धनगढीका प्रमुख सुरत मल्लले लक्षित समुदायका व्यक्तिलाई उक्त सामग्री प्रदान गरे।

वडा कार्यालयले चालू आर्थिक वर्षमा सो कार्यक्रमलाई ४ लाख ८५ हजार रुपैयाँ बजेट विनियोजन गरेको थियो। सोही बजेटले मोबाइल खरिद गरेर ३७६ जनालाई वितरण गरिएको हो भने २९ जनालाई अझै अपुग रहेको बताइएको छ। रासस  

कमेन्ट लोड गर्नुस