पश्चिम सेती निर्माणका लागि सरकारलाई दवाव दिन कैलाली बहुमुखी क्याम्पसमा पत्र संकलन
धनगढी: बुधबार विश्व सहित्य सम्मेलनको मञ्चबाट ७५० मेगावाटको पश्चिम सेती जलविद्युत निर्माणका लागि दवाव दिन प्रधानमन्त्रीलाई १ लाख पत्र संकलनको कार्य सुरु थालेको बोलन्या थली धनगढीले कैलाली बहुमुखी क्याम्पसमा पत्र संकलन गरेका छ।
बिहिबार सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका पूर्व रजिस्ट्रार एवं पूर्व क्याम्पस प्रमुख डा. हेमराज पन्तले मञ्जुसामा पत्र हालेर उक्त संकलन कार्यक्रमको सुरुवात गरेका थिए ।
पत्र संकलनमा क्याम्पसमा अध्ययनरत विद्याथीहरु सहभागि रहेको बोलन्या थलीका संयोजक यादव जोशीले बताए। बुधबारको कार्यक्रमबाट ६ हजार ५०० भन्दाबढी पत्र संकलन भएको उनले बताए।
पत्र संकलनसँगै ७५० डोकासहित डोटीमा प्रदर्शन र ७५० नागरिक ७५० मिनेट अनशन बस्ने समेत उनले बताए। यसअघि बोलन्या थलीले पश्चिम सेतीका लागि माइतीघर मण्डलामा कचौरा जुलुस, सुदूरपश्चिमबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने १३ जना सांसदसँग छलफल र संगीत संघर्ष कार्यक्रम गरिसकेको छ।