सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा अभिभावकको उपस्थितीमा बालबालिकाको सीप परिक्षण

२०७६ फाल्गुन २२, ०२:११ खबर संवाददाता

डडेल्धुरा: डडेल्धुरामा कक्षा १ देखि ३ सम्म अध्ययनरत बालबालिकाको सीप परिक्षण गरिएको छ। अभिभावकको उपस्थितीमा उनीहरुको पढाइ क्षमता र दक्षता जाँच गरिएको हो।

जिल्लाका सबै समुदायिक विद्यालयका बालबालिकाहरुको कक्षा कोठामा आधारित सीप परिक्षण एकै समयमा गरिएको हो। जिल्लामा रहेका २ सय ४७ विद्यालयमा अध्यनरत कक्षा १ देखि ३ सम्मका विद्यार्थीको पठनसीप परिक्षण गरिएको शिक्षा विकास तथा समन्वय इकाई कार्यालय डडेल्धुराले जनाएको छ।

जिल्लाका सबै सामुदायिक विद्यालयमा २० गते प्रारम्भिक कक्षा पढाइ कार्यक्रमको सहयोगमा सीप परिक्षण गरिएको थियो। बालबालिकाहरुको कक्षा कोठामा आधारित सीप परीक्षण एकमुष्ठ एकै समयमा सम्पन्न भएको अमरगढी नगरपालिकाका शिक्षा इकाइ प्रमुख हेमन्तराज पन्तले बताए। बालवालिकाहरुको पढाइ स्तर मापन भइसकेपछि सबै सरोकारावाकाबिच छलफलसमेत गरिएको थियो। 

कक्षा कोठामा आधारित सीप परिक्षणलाई वार्षिक रुपमा मात्र सञ्चालन गर्नुभन्दा मासिक सञ्चालनगरि बालवालिकाको अवस्था पहिचान हुने र  सोअनुसार शिक्षण सिकाइ अगाडि बढाउनु आवश्यक रहेको शिक्षकहरुले बताएका छन्। यसरी बालबालिकाको ज्ञानको अवस्थाका बारेमा बेलाबेलामा सीप परिक्षणलाई निन्तरता दिइनुपर्ने सरोकारवालाहरु बताउँछन्। 

सीप परिक्षणले बालबालिकाको पढाई क्षमता अभिबृद्धि गर्न सहज हुने र कक्षाकोठामा शिक्षण गर्न पनि सजिलो हुने नवदुर्गा  गाउँपालिकाका स्रोत व्यक्ति प्रेम ऐरले बताए। समयसमयमा यस्ता सीपको परिक्षण गरिँदा पृष्ठपोषण दिन समेत सहज हुने उनले बताए। 

कमेन्ट लोड गर्नुस