सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा अबैध काठ बरामद

२०७६ फाल्गुन २०, ०९:०३ खबर संवाददाता

कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर ११ जवलपुर बाट अबैध काठ बरामद गरीएको छ। सब डिभिजन बन कार्यालय सुखड र ईप्रकाको संयुक्त टोलीले मंगलबार विजय कठरियाको घर पछाडी चिरान गर्दे गरेको अवस्थामा ७० थान चिरान गरेका कडी र ७ सालका गोलिया बरामद गरेको हो।

बरामद गरेको काठ सब डिभिजन बन कार्यालय सुखडमा राखिएको सब–डिभिजन बन कार्यालय सुखडका प्रमुख समिर थापाले जानकारी दिए। उनले विजय कठरिया भने फरार रहेको र काठ चिर्दै गरेका शिब नारायण कठरिया लाई पक्राउ गरी थप अनुशन्धान भईरहेको जानकारी दिए। फरार कठरियाको खोजीकार्य जारीरहेको उनले बताए।
 

कमेन्ट लोड गर्नुस