सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा अटो र मोटरसाईकल ठोक्किदा बालकसहित २ जना घाइते

२०७६ फाल्गुन २०, ०४:१४ खबर संवाददाता

कैलाली: कैलालीमा अटो र मोटरसाईकल ठोक्किदा बालकसहित २ जना घाइते भएका छन्। जिल्लाको घोडाघोडी नगरपालिका– १० पहलमानपुरमा पुर्वबाट पश्चिम गइरहेको अटेस्ट अटो र नम्बर नखुलेको मोटरसाइकल एक आपसमा ठोक्किदा दुर्घटना भएको हो।  

दुर्घटनामा परि अटो चालक घोडाघोडी नगरपालिका– ४ का २२ वर्षीय सुनिल चौधरी र अटोमा सवार घोडाघोडी नगरपालिका– १० का ५ वर्षीय बालक प्रिन्स बिष्ट सामान्य घाइते भएका छन्। 

घाइतेको पहलमानपुरस्थित पहलमानपुर पोलिक्लिनिकमा उपचार भईरहेको इलाका प्रहरी कार्यालय सुख्खडले जनाएको छ।

कमेन्ट लोड गर्नुस