सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा स्कारपियो दुर्घटना हुँदा ८ जना घाइते, एकको अवस्था गम्भीर

२०७६ फाल्गुन १८, ०३:२४ खबर संवाददाता

बैतडी: बैतडीमा स्कारपियो दुर्घटना हुँदा ८ जना घाइते भएका भने एक जनाको अवस्था गम्भीर रहेको छ। आइतबार बिहान भएको उक्त दुर्घटनामा दार्चुलाको महाकाली नगरपालिकाका ४८ वर्षीय विष्णुदत्त भट्ट गम्भीर घाइते भएका छन्। 

धनगढीवाट दार्चुला जादैं गरेको बा१३च ३१८० नम्बरको स्कारपियो महाकाली राजमार्ग अन्र्तगत बैतडीको दोगडाकेदार ५ ढिकगाडमा बिहान साढे ५ बजे दुर्घटनामा परेको  बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक डिल्लीनारायण पाण्डेयले बताए। 

घाइते सबैको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ। स्कारपियो सडकवाट १५ मिटर तल खसेको छ। चालक निदाएकोले दुर्घटना भएको हुनसक्ने बैतडी प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस