दिनेश खबर तेश्रो वर्षमा प्रवेश
धनगढी: दिनेश सञ्चार गृहले सञ्चालन गर्दै आएको दिनेश खबर डटकम तेस्रो वर्षमा प्रवेश गरेको छ। २०७४ साल फागुन १४ गतेदेखि सुरु भएको दिनेश खबरले दुई वर्ष पूरा गर्दै तेस्रो वर्षमा प्रवेश गरेको हो। धनगढीमा एक समारोहकाबिच खबरले दोस्रो वार्षिकोत्सव पनि मनाएको छ।
कार्यक्रममा सहभागी विभिन्न क्षेत्रका व्यक्तिहरुले शुभकामना मन्तव्य राख्दै दिनेश खबरको उत्तरोउत्तर प्रगतीको कामना गरेका छन्। कार्यक्रमका प्रमुख अतिथि देश सञ्चारका सम्पादक युवराज घिमिरे, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सुदूरपश्चिमका संसदीय दलका नेता डा. रणबहादुर रावल, नेकपा सुदूरपश्चिमका प्रमुख सचेतक तारालामा तामाङ, नेकपा कैलालीका अध्यक्ष समेत रहेका प्रदेशसभा सदस्य रतन थापा, जिल्ला अदालत कैलालीका मुख्य न्यायधिश जयानन्द पनेरु, राजपाकी प्रदेशसभा सदस्य मालामती कुमारी रानाले शुभकामना मन्तव्य राखेका थिए।
यस्तै धनगढी उपमहानगरपालिकाकी उपमेयर सुशिला मिश्र भट्ट, गौरीगंगा नगरपालिकाकी उपमेयर अञ्चला चौधरी लगायतले शुभकामना मन्तव्य राखेका थिए। यस्तै वार्षिकोत्सवको अवसरमा दिनेश सञ्चार गृहले सञ्चालन गर्दै आएको दिनेश एफएम र दिनेश खबरका पूर्व सम्पादकलाई सम्मान समेत गरिएको छ।
पूर्व सम्पादक लोकेन्द्र विष्ट, टेकराज जोशी, शिवराज भट्ट, सीताराम ओझा र दीपक जोशीलाई सम्मान गरिएको हो। कार्यक्रममा दिनेश सञ्चारक गृहका प्रबन्ध निर्देशक गोपाल हमालले दिनेश खबर डटकमको दुई वर्षे यात्रा सम्म सहयोग गर्ने स्रोता, दर्शक, पाठक तथा विज्ञापनदातामा धन्यवाद ज्ञापन गरे। उनले अगामी दिनमा पनि सबैको साथ सहयोग पाउने विश्वास व्यक्त गरे।