सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी उपमहानगरपालिकाले ढाँटेपछि फर्किए पत्रकार

२०७६ फाल्गुन १३, ०१:०६ खबर संवाददाता

धनगढी उपमहानगरपालिकाले विकास सम्मेलनको विषयमा जानकारी दिन पत्रकार सम्मेलन आयोजना गर्न मंगलबार बिहान ११ बजे पत्रकारलाई डाक्यो। धनगढीमा त्रियाशिल पत्रकार बिहान ११ बजे सम्म उपमहानगरपालिका परिसरमा उपस्थित भईसकेका थिए। तर उपमहानगरपालिकाले आयोजना गर्ने पत्रकार सम्मेलनमा दिउँसोको १२ बज्दा समेत आयोजक आएन्।

जनप्रतिनिधी र कर्मचारीको बाटो हेरेर प्रतिक्षा गरेका पत्रकारहरुले एक घण्टा उपमहानगर परिसरमै बिताए। १ घण्टा सम्म उपमहानगरपालिकाका जनप्रतिनिधी र कर्मचारी कोही नआएपछि पत्रकार फर्किएका छन्।  पत्रकार सम्मेलनमा सहभागी हुन उपमहानगरपालिका पुगेका अन्नपूर्ण पोष्टका सुदूरपश्चिम ब्युरो प्रमुख शिवराज भट्टले भने, ‘हामीलाई ११ बजे बोलाएको थियो, निर्धारित समयमै त्यहाँ पुग्यौँ, १२ बजे सम्म पर्खिदा कोही नआएपछि फर्किएका हौँ।’

तर उपमहानगरपालिकाले ११ बजेका लागि डाकेको पत्रकार सम्मेलन निर्धारित समयमै गर्न नसकेको विषयमा दिउँसो सम्म कुनै प्रतिक्रिया दिएको छैन्। उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद सापकोटाले मेयर आकस्मीक काम परेपछि काठमाडौँ जादा  समस्या भएको दावी गरे।

‘मेयर साप आकस्मीक काम परेर बिहान काठमाडौँ जानुभयो, उपमेयर साप पनि कता बाहिर हुनुहुन्छ त्यसैले पत्रकार सम्मेलन प्रभावित भयो।’ उनले भने। प्रमुख प्रशासकिय अधिकृत सापकोटाले यस्तो दावी गरेपनि ११ बजे उनी स्वयम उपमहानगरपालिकामा थिएनन्। उपमहानगरपालिकाले पत्रकार सम्मेलन गरिरहेको विषयमा अन्य कर्मचारी पनि बेखबर देखिएका छन्। 
   

 

कमेन्ट लोड गर्नुस