सुदूर नेपाललाई विश्वसँग जोड्दै

पश्चिम सेती निर्माणमा दबाब दिन प्रधानमन्त्रीलाई एक लाख पत्र बुझाइँदै

२०७६ फाल्गुन १२, ०५:५२ खबर संवाददाता

धनगढी : पश्चिम सेती निर्माणमा दबाब दिन प्रधानमन्त्रीलाई एक लाख पत्र बुझाइँने भएको छ। पश्चिम सेती निर्माणका लागी दबाब दिने अभियान थालेको बोलन्या थली धनगढीले सुदूरपश्चिम एक लाख पत्र संकलन गरेर प्रधानमन्त्रीलाई बुझाउने जनाएको छ। 

सोमबार धनगढीमा पत्रकार सम्मेलनको अयोजना गर्दै पश्चिम सेतीका बारेमा रचनात्मक विरोध स्वरूप आयोजना गरिएको कार्यक्रमबाट संकलन भएको ७५० पैसासहित बुझाउने तयारी भएको बोलन्या थली धनगढीका संयोजक यादव जोशीले बताए।
पत्र संकलनका लागी प्रदेशभरीका ८८ वटा स्थानीय तहमा पत्र मन्जुसा पठाउने काम अघि बढिरहेको संयोजक यादव जोशीले बताए। 

धनगढी आयोजना भइरहेको विश्व साहित्य सम्मेलनबाटै पत्र संकलन अभियान सुरु गर्ने संयोजक जोशीले बताए। उक्त सम्मेलनमा राष्ट्रपति विद्या देवी भण्डारी धनगढी आउँदै छिन्। राष्ट्रपति सहभागी कार्यक्रममार्फत नै प्रधानमन्त्रीको लागि पत्र तयार गर्न आहृवान गरिने जोशीले बताए। त्यसपछि ७५० डोकासहित डोटीमा प्रदर्शन र ७५० नागरिक ७५० मिनेट अनशन बस्ने समेत उनले बताए। 

पत्रकार सम्मेलनमा बोलन्या थलीले सबैलाई पत्र पठाउन आग्रह गरेको छ। पत्र क्याम्पस र विदेशबाट समेत पठाउन सकिने बताइएको छ।  

यसअघि बोलन्या थलीले पश्चिम सेतीका लागि माइतीघर मण्डलामा कचौरा जुलुस, सुदूरपश्चिमबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने १३ जना सांसदसँग छलफल र संगीत संघर्ष कार्यक्रम गरिसकेको छ।

 

कमेन्ट लोड गर्नुस