सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा जिप दुर्घटना, दुई जना गम्भीर

२०७६ फाल्गुन ११, ०८:२९ खबर संवाददाता

बैतडीमा जिप दुर्घटना हुँदा दुईजना गम्भीर घाईते भएका छन्। बैतडीको पाटन नगरपालिका वडा नम्बर ३ धुरामा गएराती से १ ज २१३ नंम्बरको जिप दुर्घटना हुँदा चालक सहित दुईजना गम्भीर घाईते भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार घाईते हुनेमा पाटन नगरपालिका ८ आरुबाटाका अन्दाजी २६ वर्षीय गणेश महरा र पाटन नगरपालिका  ८  रिसेडीका २३ वर्षीय चालक लोकेश मडै छन्।

उनीहरुको डडेल्धुरामा उपचार हुन नसकेपछि धनगढी रेफर गरिएको छ। दुर्घटनाको कारण भने खुलेको छैन्। 

कमेन्ट लोड गर्नुस