सेना दिवसमा धनगढीका यातायात व्यवसायी जोशी सम्मानीत
२०७६ फाल्गुन ९, ०२:४७
सेना दिवसको अवसरमा धनगढीका यातायात व्यवसायी टेकराज जोशी सम्मानीत भएका छन्। नेपाल यातायात व्यवसायी महासंघको सुदूरपश्चिम संयोजक र नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनका सहसचिव समेत रहेका जोशी, प्रधान सेनापती प्रसंशा पदकबाट सम्मानीत भएका हुन्।
जोशीलाई काठमाडौँको टुडिखेलमा भएको कार्यक्रममा प्रधान सेनापती पूर्णचन्द्र थापाले प्रसंशा पत्र सहित सम्मान गरेका हुन्।
कमेन्ट लोड गर्नुस