कैलालीमा ट्रकको ठक्करबाट एकजना गम्भीर घाईते
कैलालीमा ट्रकको ठक्करबाट एकजना गम्भीर घाईते भएका छन्। पूर्वपश्चिम राजमार्ग अन्तरगत कैलालीको अत्तरिया स्थित महेन्द्रनगर रोडमा ना ५ ख ५२६९ नम्बरको ट्रकको ठक्करबाट एक महिला घाईते भएको प्रहरीले जनाएको छ।
प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार ट्रकको ठक्करबाट पैदल यात्री अन्दाजी ६५ वर्षीया भागरती भट्ट घाईते भएकी हुन्। कञ्चनपुरको कृष्णपुर नपा ६ मौरीफाटा घर भएकी भट्टलाई बाटो काट्ने क्रममा ठक्कर दिएको प्रहरीले जनाएको छ।
उनको अवस्था गम्भीर रहेको ट्राफिक प्रहरी कार्यालयको भनाई छ। अहिले अत्तरियाको पद्यमा अस्पतालमा भट्टको उपचार भईरहेपनि रेफर गर्ने तयारी गरिएको छ।
भट्टलाई ठक्कर दिने ट्रक र चालक दाङका ३९ वर्षीय चन्द्र नारायण चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।