धनगढीको दुन एकेडेमीद्धारा कक्षा ८ का विद्यार्थीको विदाई
धनगढीको दुन एकेडेमीले कक्षा ८ का विद्यार्थीहरुको विदाई गरेको छ। बीहिबार एक समारोहका बिच एकेडेमीले ८ कक्षाका विद्यार्थीहरुको विदाई गरेको हो। ८ कक्षा सम्म पढाई हुने एकेडेमीका १९ विद्यार्थीको विदाई गरिएको विद्यालय प्रशासनले जनाएको छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवेन्द्र अधिकारीको सभापतित्वमा कार्यक्रम भएको थियो। अध्यक्ष अधिकारीले विद्यार्थीहरुको उज्जवल भविष्यको कामना गरे। औपचारिक कार्यक्रमका प्रमुख अतिथि धनगढी उपमहानगरपालिका वडा नम्वर ३ का अध्यक्ष वल बहादुर ऐर रहेका थिए।
विदाई समारोहमा विभिन्न सांस्कृतिक कार्यक्रम तथा विभिन्न विद्यामा उत्कृष्ट विद्यार्थीलाई पुरस्कार प्रदान गरिएको विद्यालयका प्रधानाध्यापक आरती उपाध्यायले बताईन्।