सुदूर नेपाललाई विश्वसँग जोड्दै

लक्ष्मण थारुद्धारा अनसन स्थगीत

२०७६ फाल्गुन ८, ०४:१३ खबर संवाददाता

थरुहट÷थारुवान राष्ट्रिय मोर्चाका संयोजक लक्ष्मण थारुले आमरण अनसन स्थगीत गरेका छन्। फागुन १ गतेदेखि धनगढीस्थित क्याम्पस चौकमा आमरण अनसन बसेका थारुले आज स्थगीत गरेका हुन्। प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराको हातबाट जुस पिएर थारुले अनसन स्थगीत गरेका हुन्।

रेशम चौधरीलगायतलाई जेलबन्दीको रिहाई, टीकापुर घटनावारे सत्यतथ्य छानविन गर्न पूर्व न्यायधिश गिरिशचन्द्र लाल नेतृत्वको न्यायिक समिति, गृह मन्त्रालयद्वारा अनुसन्धानका पूर्व प्रमुख देवीराम शर्माको संयोजकत्वमा गठिन छानविन समितिको प्रतिवेदन र सार्वदलीय संसदीय समितिको प्रतिवेदनहरु सार्वजनिक हुनुपर्ने लगायतका माघ गर्दै आन्दोलन थालिएको हो।

आमरण अनसन स्थगीत गरेपनि अन्य कार्यक्रम भने यथावथ रहने मोर्चाले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस