देशमा तिव्र रुपमा विकासको गति अगाडि बढेको मन्त्री बोहराको दावी
हरिश चन्द
डडेल्धुरा : सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री पठान सिंह बोहराले अहिले देशमा विकासको गति तिब्र रुपमा अगाडि बढेको दावी गरे। संघीय संरचनामा गइसकेपछि दुईवर्ष भित्रै सुदूरपश्चिम प्रदेश सरकारले डडेल्धुरा जिल्लामा पनि बहुवर्षिय योजनाहरु सडकका योजना पुलका योजना खाने तथा सिँचाइका योजनाहरुमा तिब्र गतिमा काम भइरहेको जानकारी दिए।
बिहिबार भागेश्वर गाउँपालिका रुपालको असिग्राम माध्यमिक विद्यालयको ६५औँ वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै जिल्ला सदरमुकाम र भित्रिमधेश जोगबुडा जोड्ने सडकको काम अघि बढाएको मन्त्री पठानसिंह बोहरले बताए। बगरकोटदेखि रुपाल जाने सडक ठेक्का लगाएर काम अगाडि बढेको सबैलाई जानकारि गराउदै वर्षाैदेखि पर्खिरहेका योजना प्रदेश सरकारले लागु गर्नलागेको जानकारी दिए।
मन्त्रि बोहराले भुगोलले तल्लो क्षेत्रमा रहेको जोगबुडा आलिताल आवतजावत गर्न उग्रतारा –मेलौली सडक ठेक्का लगाएर अगाडि बढाउने प्रक्रियामा रहेको र डोटीको बुडर–गैरा भएर गर्नुपर्ने बताउँदै घटालथान–चिरकिट्टे–तेले धरमशाला मसिल्लाको पानी–निङलाड–गोगन हुदै कलेना–जोगबुडा जोड्ने सडक निर्माणको काम थालनी भएको बताए।
उग्रतारा–मेलौली सडक हेरेर बसेको भन्दै उनले त्यसलाई सम्पन्न गर्नेगरी बजेट विनियोजन गरेका बताए। उनले पोखरा–बेलापुर सडकलाई बहुवर्षिय आयोजनाका रुपमा अगाडी बढाउन टेण्डर प्रक्रिया गर्न लागेको जानकारी दिए।
वार्षिकोउत्सवमा प्रमुख अतिथि रहेका मन्त्री बोहराले यी सबै सडक कालोपत्रे गरेर अघि बढ्ने सुदूरपश्चिम प्रदेश सरकारको योजना रहेको बताउँदै अशिग्राम मावि रुपाललाई यस क्षेत्रका अभिभावकको सहयोगमा प्रविधिक शिक्षा खोल्नु पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
विशिष्ट अतिथी रहेका सुदूरपश्चिम प्रदेश सरकारक प्रमुख सचेतक गोविन्द बोहराले नेपालको भूमिलाई भारतले आफनो भूमि मिचेकाले प्रदेश सरकारले चनाखो भएर बस्नु पर्नेमा जोड दिए। साथै अशिग्राम माविलाई प्राविधिक विद्यालय बनाए यस क्षेत्रका गरिबका छोरा छोरीले पनि राम्रो अवसर मिल्ने उनले बताए।
असिग्राम माविको ६५औँ वार्षिकोत्सवको अवसरमा विद्यालयका प्रध्यानाधापक तारीसिह जोराले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए।