कांग्रेस डडेल्धुराले दिप प्रज्वलन गरेर मनायो ७०औँ प्रजातन्त्र दिवस
२०७६ फाल्गुन ७, ०७:०८
डडेल्धुरा : नेपाली कांग्रेस डडेल्धुराले ७०औँ प्रजातन्त्र दिवस मनाएको छ। बुधबार डडेल्धुरा सदरमुकामको भीमदत्त चोकमा दिप प्रज्वलन गरेर दिवस मनाइएको हो।
नेपाली कांग्रेस डडेल्धुराका सभापति कर्णबहादुर मल्ल्को नेतृत्वमा उक्त कार्यक्रम सम्पन्न गरिएको पार्टीका कार्यालय सचिव राम विष्टले जानकारी दिए।
कमेन्ट लोड गर्नुस