सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुनको भाउ अहिलेसम्मकै महँगो

२०७६ फाल्गुन ७, ११:५६ खबर संवाददाता

सुनको भाउले नेपाली बजारमा नयाँ कीर्तिमान कायम गरेको छ। मङ्गलबार तोलाको ७६ हजार सात सय रुपैयाँ तोकिएर किर्तिमान कायम गरेको सुनको भाउ बुधबार पनि चार सय रुपैयाँले बढेर ७७ हजार एक सय रुपैयाँ पुगेको नेपाल सुनचाँची व्यवसायी महासङ्घले जनाएको छ।

महासङ्घका अनुसार सुनको भाउ अझै बढ्न सक्ने सम्भावना छ। चीनमा फैलिरहेको कोरोना भाइरसको असर सुन बजारमा परेको छ। यसअघि अमेरिका र चीनको व्यापार युद्वका कारण बढेको सुनको मूल्य अहिले कोरोना भाइरसका कारण बढेको सुनचाँदी व्यवसायीले बताएका छन्।

सुन व्यवसायीले फागुन महिनालाई सुन चाँदीको सबैभन्दा धेरै कारोबार हुने महिनाको रुपमा लिने गरेका छन्। तर यसपालि भने फागुन महिनामा पनि कारोबार नभएको भन्दै उनीहरुले गुनासो गरेका छन्। यसअघिका वर्षहरुमा फागुन महिनामा दिनहुँ सुनको माग ५० किलो भन्दा धेरै हुने गरेकोमा अहिले १० देखि १५ किलो पनि नभएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अध्यक्ष तेजरत्न शाक्यले बताए। 

कमेन्ट लोड गर्नुस