सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी महोत्सवको पाचौँ दिन स्थानीय कलाकारको प्रस्तुती

२०७६ फाल्गुन ६, ०७:०८ खबर संवाददाता

धनगढी: धनगढी उप–महानगरपालिकाको वडा नम्बर १५ मा जारी पहिलो धनगढी महोत्सवमा आज पाचौँ दिन स्थानीय कलाकारहरुले आफ्नो प्रस्तुती राखेका छन्।

‘संस्कृती, पर्यटन, कृषि, उद्योग र व्यापार समुन्नत एंवम समृद्ध धनगढी विकासको आधार’ भन्ने मुल नाराका साथ गत शुक्रवारदेखि सुरु भएको महोत्सवमा आज कलाकार चक्र बम, क्रृषिराज राना, चादनी गिरी लगायतको प्रस्तृती रहेको थियो।

बुधबार अन्नु चौधरी, अक्षय राना लगायतका कलाकारहरुको प्रस्तुति रहने आयोजक शिवगंगा संस्कृतीक पर्यटन विकास समितिका अध्यक्ष मोती रानाले बताए। 

मेलामा करीब २५ बढी स्टल सञ्चालनमा रहेका बताउदै उनले स्टल थपिने क्रम जारी रहेको बताए। किसानहरुले उत्पादन गरेका तरकारी तथा अन्नवालीले पनि बजार पाओस भन्ने उदेश्यले मेला आयोजना गरीएको संयोजक रानाले बताए। 

महोत्सवमा प्रस्तुतिका लागि स्थानिय कलाकारहरुलाई विशेष प्राथमिकता दिइएको उनले बताए।

कमेन्ट लोड गर्नुस